• ट्रेण्डिङ्ग :
वीर अस्पतालका निर्देशक डा. पौडेललाइ हटाइयाे

वीर अस्पतालका निर्देशक डा. पौडेललाइ हटाइयाे


  • 3.0K
    SHARES
    • मंसिर १६, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.7K Views

    वीर अस्पतालका निर्देशक डा. पौडेललाइ हटाइयाे

    काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनको पदीय जिम्मेवारी खोसेका हुन् । निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको छ । 

    images
    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको बताए ।

    डा. पौडेलमाथि नेकपा एमालेको क्रियाशील सदस्यको रुपमा काम गरेको उजुरी परेको थियो । सोही उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी मन्त्रालयलाई कारबाहीको सिफारिस गरेको थियो ।  
    यद्यपि, डा. पौडेलले आफू कुनै दलमा सक्रिय नभएको र उजुरीको विषय यसअघि नै टुंगिसकेको बताउँदै आएका छन् ।


    तेस्रो आँखा