विवेक खड्का
भूमिका : प्रत्यक वर्ष झै यस वर्ष पनि हामी अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाउदै छौं । अन्तराष्ट्रिय अपाङ्गता दिवसलाई अपाङ्गता भएका व्यक्तीहरुको अन्तराष्ट्रिय दिवस पनि भन्न थालिएको छ । संयुक्त राष्ट्रसंघले यस वर्षको लागि दिगो विकासका १७ वटा लक्षहरुमा अपांगताको सवालको समावेशीकरणलाई मुख्य जोड दिदै अन्तर्राष्ट्रिय दिवसको नारा तय गरेको छ । यस वर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवसको नारा “दिगो विकासका लक्ष्य प्राप्तीको प्रतिवद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नतृत्व र नेतृत्व सहितको एकेवद्धता ” भन्ने छ ।
समग्र विश्वको समतामुलक विकासका लागि संयुक्त राष्ट्रसंघले विभिन्न दीर्घकालिन कार्ययोजना र रणनीतिहरु लागु गर्दै आएको छ । यसै क्रममा सहस्राब्दी विकास लक्षहरुको कार्यान्वयन पश्चात विश्वको दिगो विकासको लागी सन २०१५ को सेप्टेम्वर २५ मा राष्ट्रसंघले सन २०३० सम्ममा हासिल गर्न १७ वटा दिगो विकासका लक्षहरु तय गरेको छ । दिगो विकासका १७ वटा लक्षहरु मध्य ५ वटा लक्षहरु यस्ता छन जसमा अपाङ्गतालाई विशेष रुपमा सम्वोधन गरिएको छ भने वाँकी १२ वटा लक्षहरुमा पनि अपांगता भएका व्यक्तिका सवालहरुले निकै महत्व राख्दछन । विश्वव्यापी विकासका विभिन्न लक्षहरुमा अपाङ्गताका सवालहरुलाई प्रत्यक्ष रुपमा सम्वोधन गरिएको यो सम्भवतः पहिलो पटक हो । यसरी हेर्दा दिगो विकासका १७ वटै लक्षहरुले अपाङ्गता भएका व्यक्तिहरुका विभिन्न सवालसंग प्रत्यक्ष वा परोक्ष रुपमा सम्वन्ध राख्छन । हाम्रो देश तिव्र शहरीकरणको दिशामा छ । अवका सवै वन्ने सहरहरु पहुँचयुक्त वन्नु पर्ने जरुरी छ । त्यसैगरी अपांगता भएका व्यक्तीहरुको सन्दर्भमा अर्को महत्वपुर्ण कुरा भनेको नदिखीने अपांगता भएका व्यक्तीहरु बैद्धिक अपांगता, अटिजम भएका वालवालीका जो सामान्य देखिन्छ छुट्याउन सकिदैन उनिहरुको आनीवानीका कुराहरु देखे मात्रै छुटिन्छ, त्यसैगरी मानसीक रोगी जसलाई हामी मनोसामाजिक अपांगता भन्छौ उनिहरुको सन्दर्भमा पनि सम्वन्ध राख्छ ।
समावेशीकरण वहुआयामीक पाटो हो । समावेशीकरण परिवार, मुलधारका कार्यक्रमहरुमा, राज्यले वनाउने नीतिहरुमा, संस्थाहरुले वनाउने योजनामा, राजनीति, विकासका नीतिहरुमा हुन्छ । अव दिर्घकालको निर्माणमा हुन्छ की हुदैन भन्ने कुराले यसको गहिरो अर्थ राख्दछ । यो नाराले अव विशेष गरी अवका दिनमा हुने पुनरनिर्माणका क्रियाकलापहरुमा अपांगता भएका व्यक्तीहरुका लागि उनिहरुलाई समान पहँुच निर्माणका निमित्त उनिहरुलाई विशेष आवश्यक पर्ने विशेष आवश्यकताका कुराहरु सम्वोधन हुन्छन की हुदैनन तत्कालका लागि उपयुक्त अनुकुलनको व्यवस्था गर्ने र दिर्घकालका लागि पहुँचको व्यवस्था साथै अव वन्ने वाटो घाटो आदिमा उनिहरुको पहुँच एवं अपांगता मैत्रै हुन्छ हुदैन भन्ने कुरा महन्वपुर्ण हुन्छ ।
विश्व अपाङ्ग दिवसको ऐतिहासिक पृष्ठभूमि :
विश्व अपाङ्गता दिवसलाई संयुक्त राष्ट्र संघले प्रवर्धन गरेको हो । राष्ट्र संघको साधारण सभाले सन १९८१ लाई अन्तराष्ट्रिय अपाङ्ग वर्षको रुपमा घोषणा ग¥यो र सन १९८२ मा अपाङ्गता सम्बन्धि विश्व कार्ययोजना पारित गरिसकेपछि सदस्य राष्ट्रहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको अवसर समानीकरणका लागि काम गर्न उत्प्रेरित गर्ने उद्देश्यले सन १९८३ देखि १९९२ को अवधिलाई विश्व अपाङ्गता दशकको रुपमा समेत घोषणा गरियो । उक्त विश्व अपाङ्ग दशकको अन्त्यमा अर्थात सन १९९२ मा पुनः राष्ट्र संघद्धारा डिसेम्बर ३ लाई विश्वभर अपाङ्गता दिवसको रुपमा मनाउने घोषणा गरियो । सन १९९२ देखि यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु साथ मनाउने गरिन्छ । नेपालमा पनि वि.स. २०५३ साल देखी हरेक वर्ष विश्व अपाङ्गता दिवस निरन्तर रुपमा मनउँदै आइएको छ । र यो दिवस अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरीक समाज र आमसंचार लगायतको सहकार्य र समन्वय हुने गरेको छ ।
दिवसको महत्व औचित्य :
यस दिवस मनाउनुको महत्व निकै ठुलो रहेको छ । यस दिवसमा राज्य सरकार नागरिक समाज सबै क्षेत्रबाट विगतका दिनहरुमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका क्षेत्रमा के÷के उपलब्धिहरु भए भन्ने वारेमा समिक्षा हुनुका साथै भविश्यमा गर्ने कामहरुको बारेमा प्रतिवद्धताहरु गर्ने गरिन्छ । यस बाहेक यस दिवसले आम जनसमुदाय स्तरमा अपाङ्गताको सवालमा जनचेतना अभिवृद्धि गराउने काम गर्छ । यस दिवसको सन्दर्भ पारेर अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका विभिन्न सवालहरुमा बौद्धिक वहसहरु हुने गर्छ र नयाँ निश्कर्षहरु निकाल्ने गरिन्छ । डिसेम्वर ३ का दिन संयुक्त राष्ट्र संघका महासचिव लगायत संसारभरी नै हरेक देशका राष्ट्र प्रमुख वा कार्यकारी प्रमुखहरुले शुभकामना मन्तव्य सहित प्रतिवद्धताहरु व्यक्त गर्छन जसलाई आम सञ्चार माध्यमहरु महत्वका साथ प्रशारण र प्रकाशन गर्ने गर्छन । यसलाई अपाङ्गताको वृत्तमा निकै महत्वका साथ हरेन्छ । अपाङ्गता भएका व्यक्तीहरुको लागि यो एउटा उत्सव हो । जसका कारणले पनि यसको महत्व निकै ठुलो रहेको छ ।
अपाङ्गता अधिकारका लागि सञ्चारको भुमिका :
अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका लागि सञ्चार माध्यायमवाट अझै सशक्त रुपमा आवाज उठ्न सकिरहेको छैन । सञ्चार जगत वढी राजनैतिक मुद्धासंग केन्द्रीत भएका कारण पनि अपाङ्गता भएका सवालहरु ओझेलमा परेका हुन । यसले गर्दा अपाङ्गता भएका व्यक्तीहरुले गरेका र गर्न खोजेका सकारात्मक कामहरु ओझेलमा परेका छन । शारिरीक कमजोरीकै कारण परिवार, समाज र राज्यवाटै उपेक्षीत हुने वातावरणवाट अलग्याउन आम सञ्चारले महत्पुर्ण भुकिा खेल्न आवश्यक छ । संग संगै अपाङ्गता भएका व्यक्तीहरुमा भएको हिनतावोध र आत्मगलानीवाट अलग गराई आत्मविश्वासका साथ अवसरको खोजी गर्न प्रेरीत गर्न आवश्यक छ । सञ्चारले उनिहरुलाई अधिकारको वारेमा दिक्षीत गर्न, प्रतिस्पर्धि वनाउन,आनिवानीमा परिवर्तन गर्न सहयोगीको भुमिका खेल्न सक्छ । यसकारण अपाङ्गता भएका व्यक्तीहरुको अधिकार स्थापित गर्नका लागी सञ्चारले आफ्नो भुमिकालाई व्यापक वनाउनु पर्छ ।
- अपाङ्गता भएका व्यक्तिहरूको शसक्तिकरणका लागि विद्युतिय सञ्चार माध्यामले साप्ताहिक रुपमा दैनिक पत्रिकाहरुले हप्तामा एक दिन र साप्ताहीक पत्रिकाहरुले महिनामा एक अंकमा अपाङ्गता भएका व्यक्तीहरुको शसक्तिकरण्का विषयहरु प्रशारण/प्रकाशन गर्नेे ।
- शव्दगठनमा शुद्धता ल्याउन छलफल चलाउने ।
-अपाङ्गता अधिकारको बारेमा सचेतना जागरण सम्बन्धी काम गर्ने । (विज्ञापन,पोस्टरीङ,होर्डिङ्ग वोर्ड)
- अधिकार प्राप्त गर्न वा सेवा सुविधा प्राप्त गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको लागि सेवा सुविधा लिनका लागि तोकिएको सम्बन्धित निकायमा समन्वयका लागि पहल गर्नेे ।
- आफ्नो अधिकार प्राप्त गर्न नसकेका अपाङ्गता भएका व्यक्तिहरूलाई सवै नागरीक संग प्रतिस्पर्धी वन्न सहयोग पु¥याई सम्बन्धित निकायमा अधिकार दिलाउन पहल गरिदिने ।
- अपाङ्गता भएका व्यक्तिहरूले अधिकार नपाएमा अधिकार दिलाउन वकालतमा समेत सहयोग पु¥याउने ।
अपाङ्गता अधिकारका लागि राज्य र नागरीकको भुमिका :
अपांगता भएका व्यक्तीहरुमा अवसरको समानिकरण छैन । किन भने हरेक किसीमका अवसरहरुमा दौडन सक्ने र दौडन नसक्नेहरुलाई पनि एउटै रेसेङ ट्रयाक भित्र ल्याएर सिठि फुक्ने काम राल्यले गरी रहेको छ,त्यही कुरावाट शुरु हुन्छ विभेद । शिक्षाका लागि उनिहरुले विषेश आवश्यकताका सामन्य पुनस्थापनका सेवाहरु नपाउदा उनिहरु विद्यालय जान नसक्ने,शिक्षा पाउन नसक्ने अवस्था छ । उनिहरुलाई आवश्यक पर्ने पाठ्य सामग्री तथा पाठ्यक्रमको विकास नगरीदीने, उनिहरुलाई आवश्यक पर्ने जनशक्तीहरु तयार नगरीदने गर्दा उनिहरुको पहिलो अवसर देखिनै वाधा सृजना गरीन्छ । त्यस पछि क्रमशः आउने रोजगारीका कुरा,सामाजिक जीवनमा आउने सहभागीताका कुरा,त्यस पछि आउने राजनैतिक वा निर्णायक ठाउमा पुग्ने कुरा, यी सवै कुराको सहभागीताको वञ्चेतिकरण नै अपांगता भएका व्यक्तीहरुको मुख्य चुनौतिको कुराहरु हो । त्यसपछि पहिचनाका कुरा अपांगता भएका व्यक्तीहरुले के गर्न सक्छन र ? यो त के हो र ? यसलाई त हामीले दया गर्नु पर्छ,उसलाई त हामीले खान र लाउन दिए कै छ वाँचे त भयो भन्ने सम्मका धारणागत समस्या छन । संग संगै अपांगता भएका व्यक्तहरु अन्य नागरीक सरह अवसरमा समानीकरण नहुनु,त्यसमा वेवधान हुनु,अन्य नागरीकसरह पहुँच नहुनु,सामाजिक साँस्कृतक सहभागीता कम हुनु,पहिचानको समस्या हुनु,उनिहरु माथी विश्वास नगरीनु,उनिहरुका सफलताहरु असल अभ्यासको रुपमा नलिइनु वा नभनिनु,अभिभावकहरुको अनावश्यक दवाव झेल्नु,उनिहरुलाई आवश्यकता हुने खालका सेवा र सुविधाहरु राज्यको तर्फवाट वा अन्य नीजि अथवा गैरसरकारी क्षेत्रवाट त्यस्ता सेवा सुविधाहरु समयमा आवश्यक रुपमा उपलव्ध नहुनु मुख्य चुनौतिको रुपमा छन । कुनै एक व्यक्तीमा अशक्तता भए पनि समाजका संरचनाहरु समावेशी, समाजको धारणा तथा व्यवहारहरु सकारात्मक र उत्प्रेरणात्मक तथा राज्यका नीति तथा कार्यक्रमहरु अपाङ्गता मैत्री भएमा अपाङ्गता भएका व्यक्तीहरु अरु सरह सम्मानजनक रुपमा जीउन सक्छ यसका लागी तपसील वमोजिको कार्य तत्काल गर्न आवश्यक छ ।
- अपाङ्गता हक हित र सशक्तिकरणकालागि वनेका कानुनहरु अपुर्ण छन भने कार्यन्यन पक्ष कमजोर छ यसको लागि अन्तराष्ट्रिय कानुनको मापदण्ड अनुसार विद्यमान कानुनमा थप र परिमार्जन गर्नु पर्ने ।
- अपांगता भएका व्यक्तीहरुको जिविकोपार्जनका लागि विभिन्न परिायेजना संचालन गरी त्यस तर्फ उन्मुख गर्नु पर्ने ।
- निश्चीत कार्यक्रम वनाएर अपाङ्गता भएका व्यक्तीहरुको क्षमता विकास गर्नु पर्ने ।
- अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी सबै दस्तावेजहरुबारे सरोकारवाला निकायलाई जानकारी गराउनु पर्ने ।
- केन्द्र तथा जिल्ला स्थीति सवै सरोकारवाला निकायलाई जिम्मेवार वनाउन पहलन गर्नु पर्ने ।
- सबै सरकारी तथा गैर सरकारी निकायको भवन अपाङ्गता मैत्रि वनाउनु पर्ने ।
- अपाङ्गता भएका व्यक्तिहरुले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारीमा नियम अनुसार सेवा प्रवाह गर्नु पर्ने ।
-अपाङ्गता भएका व्यक्तिहरुले पाउने सामाजिक सुरक्षामा सवैको पहुँच गराउनु पर्ने ।
निश्कर्ष :
नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको वारेमा विस्तृत र एकिन तथ्यांक र सूचनाहरु उपलब्ध छैनन । यो नै नै नेपालको सवै भन्दा डरलाग्दो र दुःखान्त कथा हो । हाल उपलव्ध तथ्यांकहरुलाई हेर्दा २०५८ सालको जनगणनाले दिएको प्रतिवेदन अनुसार कुल जनसख्याको ०.४७ प्रतिशत थियो भने २०६८ सालको जनगणनाको तथ्यांक अनुसार १.९४ प्रतिशत देखिएको छ । दांगमा २.३३ प्रतिशत अर्थात १२ हजार ८ सय ८१ (शारीरिक ४ हजार २ सय २९,दृष्टि सम्वन्धि २ हजार ५ सय १३,सुनाइ सम्वन्धि २ हजार २ सय ३६,श्रवण दृष्टिसमम्वन्धि ६ सय ९६,स्वरवोलाई सवम्वन्धि १ हजार ३ सय २८,मानसिक सम्वन्धि ६ सय १ र वहु अपांगता १ हजार २ सय ७८) देखिएको छ । तर विश्व स्वस्थ्य संगठन र विश्व वैंकले सन २०११ मा प्रकाशन गरेको प्रतिवेदन अनुसार विश्वको कुल जनसख्याको १० देखी १५ प्रतिशत जनसख्या अपाङ्गता भएका व्यक्ति रहेका र त्यसमा पनि अधिकांश (झण्डै ८० प्रतिशत) विकासोन्मुख र अल्पविकसित मुलुकहरुमा रहेको भनिएको छ । तथाङकमा आएका यस्ता विभेदीकरण अपाङ्गता क्षेत्रका लागि निकै दुःख लाग्दो पक्ष हुन ।
अव अपाङ्गता भएका व्यक्तीहरुको नागरीक तथा राजनैतिक अधिकार प्रवर्धनका लागि अपाङ्गता भएका व्यक्तीहरु, सम्वन्धित सरकारी निकय र नागरीक समाजका जगरुक संस्था तथा व्यक्तिहरुको भूमिका सशक्त हुनु पर्छ । सामाजीक विकस र सुरक्षाको दायीत्व राज्यको हो । समाजका हरेका वर्गको उत्थानमा राज्यले समान प्राथमिकता दिनु पर्छ । अपाङ्गतालाई कल्याणका दृष्टीले नभई अधिकर जन्य अवधारणावाट हेरीनु पर्छ । त्यो अनुसार सवैले आ आफ्नो क्षेत्रवाट भूमिका निर्वाह गर्न सके मात्र यो समुदायको विकास हुन्छ । अपाङ्गता भएका व्यक्तीहरु पनि समाजका सक्रिय र अधिकार सम्पन्न व्यक्ति हुन भन्ने कुरालाई विर्सनु हुदैन । उनिहरु भित्रको सम्भावना र क्षमताको उपयोग गर्न सकेमा राष्ट्रिय विकास पनि मुलधारमा आउछ । जनु समाजले विविधतालाई स्थान दिदैन,वहुलवादलाई आदर गर्दैन,अनि भिन्नतालाई स्वीकार गर्दैन त्यो समाजमा सामाजिक न्याय पनि हुदैन । त्यसैले दोहो¥याएर भन्ने हो भने सामाजिक न्यायलाई व्यवहारमा उतार्नका लागि पछाडी पारीएका वर्गको भावनाको कदर गर्ने खालका सकरात्मक धारणा र दृष्टीकोणहरुको विस्तार गरि सामाजिक रुपान्त्रण गर्नु पर्दछ ।
