कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना

कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना


  • 3.5K
    SHARES
    • मंसिर २०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.4K Views

    कोशी र मधेश प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं,२० मंसिर/ नेपालमा अहिले पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचोङ’ सामुन्द्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ।

    images

    उक्त प्रभावका कारण कोशी र मधेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो पनि कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । यस्तै राति कोशी, मधेश ,बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेशको एक–दुई स्थानमा हल्का वर्षा हुनेछ । साथै, कोशीको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     


    तेस्रो आँखा