कैदी फरार प्रकरण : पक्राउ परेका जेलर छुटे

कैदी फरार प्रकरण : पक्राउ परेका जेलर छुटे


  • 8.5K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    कैदी फरार प्रकरण : पक्राउ परेका जेलर छुटे


    तेस्रो आँखा डेस्क
    दाङ,पुस १७ । 
    घोराही कारागारको कैदी फरार प्रकणमा संलग्न रहेको आशंका पक्राउ परेका कारागारका जेलर युवराज परियार रिहा भएका छन् । कारागारका कैदी नाईके यमराज परियारलाई भगाउन सहयोग गरेको आशंका प्रहरीले जेलर युवराजलाई नियन्त्रणमा लिएको थियो ।

    images

    कारागारका नयाँ जेलर अमर ओलीका अनुसार जेलर परियारलाई जमानतमा रिहा गरिएको हो । उनी माथि अनुसन्धान भने चलिरहेको ओलीले जानकारी दिए  । ‘उहाँलाई जिम्मा जमानीमा छोडिएको हो,’ जेलर ओलीले भने ‘उहाँमाथि अनुसन्धान भैरहेको छ ।’ यस्तै उक्त घटनामा संलग्न देखिएका ७ जनालाई दाङ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको छ । 
    आफू बिरामी भएको बहाना गर्दै कारागारबाट बाहिर निस्केका कैदी नाईके यमराज गत ८ गते फरार भएका थिए । उनी अहिले पनि फरार छन् । 


    तेस्रो आँखा