अञ्जना चौधरी,तुलसीपुर, २० मंसिर/ महिला हिंसा अन्त्यका लागि वर्षेनी विभिन्न कार्यक्रमहरु हुदैँ आएका छन । हिंसा अन्त्य गरि विभेद रहित समाज निमार्ण गर्नका निम्ती सघं,प्रदेश र स्थानीय तहले पनि वर्षेनी हिंसा बिरुद्धका कार्यक्रमहरु सञ्चालन गदै आएका छन । त्यत्ति मात्र होइन समाजमा हिंसा हुन नदिन सरकार संगै विभिन्न गैरसरकारी संघ संस्थाहरुले समय समयमा सचेतना मूलक कार्यक्रम तथा गोष्ठीहरु सञ्चालन गर्ने गरेका छन । तर पनि सोचे अनुरुप हिंसाका घटनामा भने कमी आउन सकेको छैन ।
यस्ता खालका कार्यक्रमहरु शहर केन्द्रित र समाजका अगुवाहरु बिचमा मात्रै सिमित हुँदा महिला हिंसाका घटनामा कमी आउन नसकेको जानकारहरु बताउँ छन । हिंसा बिरुद्धका यस्ता कार्यक्रमहरु ग्रामिण भेगसम्म लैजानुपर्ने आवाज उठेपनि व्यवहारमा भने लागु हुन सकेको छैन । पछिल्लो समय पढेलेखेका र सामाजिक व्यक्तिहरु बाटै हिंसाका घटनाहरु बढी हुने गरेको पाइन्छ । अझैपनि पितृ सत्तामत्क सामाजिक संरचना, हानिकारक मूल्य मान्यता र गलत संस्कार तथा संस्कृतिका कारण महिलाहरु दोस्रो दर्जाको नागरिक भएर जिउन बाध्य रहेको महिला अधिकारकर्मीहरुको निचोड छ ।
यति बेला महिला हिंसा बिरुद्धको १६ दिने अभियान देशैभर जारी छ । दिवसका अवसरमा हिंसा बिरुद्धका कार्यक्रमहरु पनि भइरहेका छन । तर यता लुम्बिनी प्रदेशको तथ्याङक हेर्दा घरेलु हिंसाको अवस्था भने डर लाग्दो देखिएको छ ।
विभिन्न खाले हिंसा मध्ये लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिनाको अवधिमा साढे नौं सय घरेलु हिंसाका घटना भएका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रकी सरस्वती थापाका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्म साढे नौं सय घरेलु हिंसाका घटना दर्ता भएका छन ।
ती मध्ये बाँके जिल्लामा सबैभन्दा बढी दुई सय ८२ वटा घरेलु हिंसाका घटना भएका छन । त्यसपछि रुपन्देहीमा एक सय ७६, कपिलबस्तुमा एक सय सात , नवलपरासीमा ८९, बर्दियामा ७५, दाङमा ५८, गुल्मीमा ३५, अर्घाखाँचीमा ३३, पाल्पामा ३०, प्युठानमा ३०, रोल्पामा २० र रुकुम पूर्वमामा १५ वटा त्यस्ता घटना भएको थापाले बताइन । कार्यालयमा दर्ता भएका साढे नौं सय घटना मध्ये हालसम्म चार सय ८८ घटना मिलापत्र भइसकेका छन । ती मध्ये ८४ मुद्दा मिलापत्र हुन नसकी अदालत पठाइएका छन् । तीन सय ७८ वटा मुद्दा मिलापत्रको प्रक्रियामा रहेका छन ।
तथ्याङक हेर्दा गत आर्थिक वर्ष २०७९/०८० मा प्रदेशका १२ वटा जिल्लामा दुई हजार आठ सय ८८ वटा घरेलु हिंसाका घटना भएका थिए । ती मध्ये दूई हजार ४६ वटा मुद्दा मिलापत्र भइ सकेका छन भने चार सय २४ वटा मिलापत्र हुन नसकि अदालत पठाइएका छन् । थप ५१ वटा मुद्दामा मिलापत्रको प्रक्रियामै रहेका छन । गत वर्षको तथ्याङ्क नियाल्दा बाँकेमा सबैभन्दा धेरै आठ सय ५५ वटा घरेलु हिंसाका घटना दर्ता भएका थिए ।
त्यस्तै लुम्बिनीका १२ जिल्लामा चालु आर्थिक वर्षमा जबरजस्ती करणी, जवरजस्ती करणी उद्योग, बहु विवाह, बाल विवाह,अवैध गर्भ पतन, बोक्सी आरोप, जातिय छुवाछुत, बालयौन दुराचार,अप्राकृतिक मैथुन र मावन बेच विखन गरि दूई सय ४६ वटा महिला बालबालिका बिरुद्ध अपराध घटना भएका छन । जस मध्ये एक सय ४९ वटा मुद्दा फच्र्यौट भएका छन भने ९७ वटा प्रक्रियामा छन् ।
तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा महिला तथा बाल बालिका बिरुद्ध छ सय ८४ वटा अपराधका घटना भएका थिए । ती मध्ये आठ सय ८४ फच्यौट भइसेकेका छन भने थप एक सय फच्र्यौट हुन बाँकी रहेका छन ।
