प्रचारमुखि समाजसेवाका कारण वास्तविक वर्ग छुटेको छ : नायिका थापा

प्रचारमुखि समाजसेवाका कारण वास्तविक वर्ग छुटेको छ : नायिका थापा


  • 8.5K
    SHARES
    • पौष १७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    प्रचारमुखि समाजसेवाका कारण वास्तविक वर्ग छुटेको छ : नायिका थापा

    तेस्रो आँखा डेस्क
    काठमाडौं । पछिल्लो समय समाजसेवा गर्ने र अभियान्ता हुने लहर चलेको छ। धुर्मुससुन्तलीले एकीकृत वस्ती बनाएपछि धेरै कलाकारलाई समाजसेवा गर्ने जोस पलायो भन्दा अत्युक्ति नहोला । 
    समाजसेवा भनेर भावनामा बहकाउँदै विदेशमा रहेका नेपालीहरुसँग र नेपालमै रहेका व्यक्तिहरुसँग पनि पैसा उठाउने र अपचालन गरेकोसमेत आरोप केही अभियान्ता र समाजसेवा गर्नेहरुलाई नलागेको पनि होइन । 

    images

    नेपालमा जुनसुकै बाहानामा होस् गरिएका समाजसेवाहरु कति सही ठाउँमा भए भने कति गलत ठाउँमा। कतिले आफ्नो व्यक्तिगत प्रचारका लागि पनि समाजसेवाको नाम बेचे । 
    विषेशगरी कलाकारहरुले आफ्नो प्रचारका लागि समाजसेवा गरेको भन्ने कुरा नायिका रेखा थापालाई पटक्कै मन परेको छैन । उनी पब्लिसिटीका लागि मात्र समाजसेवा भएको र वास्तविक समाज सेवा पाउनु पर्ने वर्ग छुटेको बताउँछिन् । 
    केहीदिन चितवनको यात्रामा रहँदा उनले चेपाङ समूदायका विधार्थी पढ्ने विद्यालयको भ्रमण गरिन् । उनीहरुको अवस्थाको बारेमा बुझिन र आफूले सकेको सहयोग गरिन् । सामाजिक सञ्जालमा राखेको फोटोमा पनि मैले सहयोग गरे भन्ने शब्दावली लेखिनन् लेखिन त केवल ‘चितवनका विद्यालयमा अध्ययनरत चेपाङ विद्यार्थीहरुसँग साक्षात्कार गर्न पाउँदा हर्षित छु ।

    उनीहरुको उज्वल भविष्यको कामना !’
    उनी नायिकामात्र होइनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै भएको महाधिवेशनमा महिला महामन्त्रीको उम्मेदवार पनि हुन् । राजनीतिक व्यक्तित्व र त्यसमाथि चर्चित नायिका भएका कारण उनको भेटघाट सामान्य हुँदैन भन्ने बुझेर तेस्रोआँखा टिमले ‘फ्लो’ ग¥यो । 
    तेस्रोआँखा टिमसँग उनले वास्तविक सेवा पाउनु पर्ने वर्ग छुटेको गुनासो गरिन् । उनले भनिन्, ‘अर्बौ खर्च गरेर रंगशाला निर्माण भइरहेको चितवनमै रहेका यी विद्यालयका विद्यार्थीहरुले न्यानो लुगा पाउँदैनन् । एक छाक खान समस्या छ । कापी र कितावको अभावमा उज्योल भविष्यमाथि नै काला दागहरु देखिन्छन्। हामी समाजसेवाको नाममा थुप्रै काम गर्छौं तर, वास्तविक वर्ग छुटेको छ ।’
    नेपालमा गरिब र किसानका लागि भन्दै थुप्रै आन्दोलन भए । राज्य व्यवस्थाका कारण सिमान्तकृत वर्गको हित नभएको भन्दै राज्य व्यवस्था परिवर्तन भयो । केन्द्रले स्थानीय स्तरमा हेर्न नसकेको भन्दै संघीयता आयो। विभिन्न जाति, धर्म, लिंगको आधारमा समान सहभागिताका लागि कलस्टरहरु छुट्याइए । अझै पनि सिमान्तकृत वर्ग जहाँको त्यहीँ छ । 

    नायिका थापा पनि वास्तविक सिमान्तकृत वर्गले अहिले पनि समानको महसुस गर्न नसकेको बताउछिन् । उनले भनिन्, ‘मैले जुन विद्यालयका विद्यार्थीहरुलाई भेटेँ। ती विद्यार्थीको वर्ग, जात, धर्मलाई लिएर राजनीति गरियो। व्यवस्था फेरियो। संघीयता ल्याइयो । खै परिवर्तन ?अझै समानुपातिकको नाममा, कस्ले राज्यमाथि दोहोन गरिरहेका छन् भनिरहनु नपार्ला।’

    भरखरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा मधेशी तर्फ विनोद चौधरी, महिला तर्फ आर्जु राणा देउवा, उमेश शर्मालगायतका व्यक्तिहरुको नाम विवादमा आयो । उनीहरुले केन्द्रीय समितिमा आफ्नो उपस्थिति दर्ज गराए । 

    ‘तराईँमा लाखौंको घरको छानो छैन  । परालको डसना र परालकै शिरक बनाएर जाडोका दिनहरु व्यतित गरिरहेका छन्।’ नायिका थापाले भनिन्, ‘उनीहरुको नाममा राजनीति गर्नेहरु महलमा छन्। डिटरको न्यानोमा छन्। समाजसेवा गर्नेहरुले परालमै चिसो रात विताएकाहरुलाई केही गर्न सकिँदैन। त्यो गर्दैनन् किन भने त्यसबाट उनीहरुलाई केही फाइदा हुने छैन। उनीहरु प्रचारको र व्यवसायिक समाजसेवा गर्न चाहान्छन् ।’

     


    तेस्रो आँखा