बैचारिक रुपमा पनि एमाले सबै भन्दा ठूलो पार्टी : ओली

बैचारिक रुपमा पनि एमाले सबै भन्दा ठूलो पार्टी : ओली


  • 7.5K
    SHARES
    • कार्तिक ६, २०७८ शनिबार
    • ५ बर्षs अघि
    • 11.6K Views

    बैचारिक रुपमा पनि एमाले सबै भन्दा ठूलो पार्टी : ओली


    काठमाडौँ,कात्तिक ६ । 

    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनैतिक तथा बैचारिक रुपमा एमले मुलुुकको प्रमुख पार्टी रहेको बताएका छन् । देशभरका वडा अधिवेशनहरुको आज भिडियोका माध्यमबाट उद्घाटन गर्दै ओलीले देश र जनता प्रति समर्पित एमाले बाहेक अरु राजनीतिक शक्ति नरहेको बताए । ‘हो हामी प्रतिपक्षमा छौँ, तर पनि हामी हारेक छैनौँ, हामी अहिले पनि प्रमुख पार्टीका मान्छे हौँ,’ उनले भने ‘संघमा , प्रदेशमा ,स्थानीय तहमा हाम्रो उपस्थिती बलियो मात्रै भएर हैन, एमाले बैचारिक राजनीतिक दृष्टिकोणले पनि हामी पहिलो पार्टी नै हौँ ।’ उनले एमाले माथि अन्य राजनीतिक शक्तिहरुले लगातार प्रहार गरिरहेको भन्दै यसको प्रत्यक्ष असर सिंगो मुलुकलाई पर्ने बताए । ‘एमाले माथि निरन्तर प्रहार गर्ने काम भैरहेको छ,’ उनले भने ‘यसले सिंगो राष्ट्रलाई असर गरिरहेको छ ।’  

     


    तेस्रो आँखा