• ट्रेण्डिङ्ग :
टिपरको ठक्करबाट एकको मृत्यु

टिपरको ठक्करबाट एकको मृत्यु


  • 2.9K
    SHARES
    • मंसिर ३०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 4.4K Views

    टिपरको ठक्करबाट एकको मृत्यु

    काठमाडौं ३० मंसिर / भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

    images

    मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् । मैनाली चढेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका-२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

    टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

    टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।


    तेस्रो आँखा