जनकपुरधाम ४ पुस/ नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । कांग्रेस मधेस प्रदेशले पुस ५ गते हुने प्रथम प्रदेश सम्मेलन कार्यक्रमको तयारीबारे आज पत्रकार सम्मेलन गर्न लागेको हो।
दुई दिन चल्ने सो कार्यक्रम पहिलो दिन ५ गते उद्घाटन र दोस्रो दिन प्रदेश प्रतिनिधिहरुको उपस्थितिमा बन्द सत्रको कार्यक्रम हुने कार्यतालिका छ । सम्मेलेनको उद्घाटन कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने छ ।
कांग्रेस प्रदेश सभापति कृष्णप्रसाद यादवले आज पत्रकार सम्मेलनअघि कार्यसमितिको बैठक बोलाएको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी गराए । कांग्रेस मधेस प्रदेश कार्यालयमा सहभागी भइदिन नेपाल पत्रकार माहासंघ धनुषालाई पत्राचार समेत गरिसकेको गुप्ताले बताए ।
