• ट्रेण्डिङ्ग :
नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ

नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ


  • 3.9K
    SHARES
    • पौष ४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 6.0K Views

    नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ

    काठमाडौं ४ पुस / नवलपुरमा बालविवाह गरेको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन्।

    images

    नवलपुर सदरमुकाम कावासोती नगरपालिका– १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

    नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको जानकारी दिए।  मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै हुने कानूनी व्यवस्था छ।


    तेस्रो आँखा