• ट्रेण्डिङ्ग :
भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सन्चालन गर्ने

भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सन्चालन गर्ने


  • 3.0K
    SHARES
    • पौष ४, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.6K Views

    भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सन्चालन गर्ने

    काठमाडौं ४ पुस / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशका भूकम्प प्रभावित ७ जिल्लामा खोप अभियान सन्चालन गर्ने भएको छ। 

    images

    मन्त्रालयले यही पुस ५ गतेदेखि पुस १४ गतेसम्म ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा-रुबेला खोप अभियान सन्चालन गर्न लागेको हो। यस्तै १६ वर्ष देखि ४५ वर्षसम्मका व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टि.सि.भी खोप पनि यही समयमा मन्त्रालयले दिन लागेको छ। 

    दादुरा-रुबेला र टि सि भी खोप दिइने जिल्लाहरू जाजरकोट र रुकुम पश्चिम रहेका छन्। सुर्खेत, जुम्ला, कालिकोट, दैलेख र सल्यानमा भने टि.सि.भी खोप मात्र दिइने छ।

    यस्तै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मका बालबालिकालाई छुट खोप पनि दिईँदैछ। त्यसको लागि आफूसँग भएको नियमित खोप कार्ड लिएर आउन मन्त्रालयले आग्रह समेत गरेको छ। 


    तेस्रो आँखा