• ट्रेण्डिङ्ग :
धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु

धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु


  • 2.9K
    SHARES
    • पौष ६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 4.5K Views

    धनुषामा प्रहरी हिरासतमा एकजनाको मृत्यु

    जनकपुरधाम ६ पुस / धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

    images

    प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

    धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।

    त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । उनको एउटा हातमा गोली लागेको हंसपुरका कार्यपालिका सदस्य राजेश सक्सेनाले जानकारी दिए घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     


    तेस्रो आँखा