• ट्रेण्डिङ्ग :
पाल्पाको सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

पाल्पाको सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी


  • 3.7K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.8K Views

    पाल्पाको  सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीयले गरे तालाबन्दी

    काठमाडौं ८ पुस / पाल्पाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा रहेको सीजी सिमेन्ट उद्योगमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

    images

    पटक पटक अनुरोध गर्दा समेत आफ्‍ना माग पूरा नगरेको भन्दै स्थानीय बासिन्दाले उद्योग प्रशासनमा शनिबार तालाबन्दी गरेका हुन ।

    धुलोधूवाँ गराएको, कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदूषण बढाएको आरोपमा तालाबन्दी गरेको र कम्पनीले आफ्‍ना मागप्रति वेवास्ता गरेकाले तालाबन्दी गरेको स्थानीय विजय ज्ञवालीले जानकारी दिए ।

    रैनादेवी छहरा गाउँपालिकाका २ वडाअध्यक्ष दानबहादुर पौडेल, स्थानीयबासिन्दा र कम्पनीका प्रतिनिधिबीच छलफल भइरहे पनि सहमति हुन नसक्दा युवाहरुले कार्यालयमा ताला लगाएका छन ।

    सीजी सिमेन्टका प्रतिनिधि पदमबहादुर सिंहले अहिले सुरुवाती चरणका काम भइरहेकाले केही समस्या भएको स्वीकार्दै केही समयमा नै प्राविधिकहरु बोलाएर समस्या समाधान गर्ने बताएका छन् ।

    गाउँको शिक्षा, स्वास्थ्य र स्थानीयबासिन्दाको रोजगारीप्रति कम्पनी सचेत रहेको भन्दै उनले स्थानीय बासिन्दाकै सहयोगमा उद्योग चलाउन आफूहक्करु तयार रहेको बताएका छन् ।

     

     


    तेस्रो आँखा