• ट्रेण्डिङ्ग :
लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ


  • 4.1K
    SHARES
    • पौष ८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.3K Views

    लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    बुटवल ८ पुस/ लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा केसी र सरोज थापालाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।

    images

    केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । केसी बाँके क्षेत्र नम्बर १ बाट माओवादीको तर्फबाट र थापा प्युठान प्रदेशसभा २ मा कांग्रेसको तर्फबाट विजयी भएका सांसद हुन ।

    लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । दुई मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ । नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन् । लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् ।

    वैशाख १४ गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरेका मुख्यमन्त्री चौधरीले जेठमा दोस्रोपटक विस्तार गरेका थिए । यो तेस्रोपटक विस्तार गरिएको मन्त्रिपरिषद हो ।


    तेस्रो आँखा