• ट्रेण्डिङ्ग :
भारतबाट कुवेत र यूएई उड्न लागेका ८ नेपाली पक्राउ, ठगी र जालसाजीमा मुद्दा दायर

भारतबाट कुवेत र यूएई उड्न लागेका ८ नेपाली पक्राउ, ठगी र जालसाजीमा मुद्दा दायर


  • 3.0K
    SHARES
    • पौष ९, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.6K Views

    भारतबाट कुवेत र यूएई उड्न लागेका ८ नेपाली पक्राउ, ठगी र जालसाजीमा मुद्दा दायर

    काठमाडौं । भारतमा कुवेत र यूएई उड्न लागेका ८ नेपाली पक्राउ परेका छन् । भारतकाे मुम्बईस्थित अध्यागमनका अधिकारीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) र श्रम स्वीकृति नक्कली भएकाे फेला पारेपछि छुट्टाछुट्टै घटनामा ८ जना नेपालीलाई पक्राउ गरेकाे बताएका छन् ।

    images

    कुवेत र यूएई जान लागेकाे अवस्थामा उनीहरूलाएई नियन्त्रणमा लिइएकाे हाे । पक्राउ पर्ने नेपालीहरूमा २२ वर्षीया माइली भोम्जन र ३२ वर्षीया भगवती डाँगी रहेका छन् । भेरिफिकेसनका क्रममा उनीहरूकाे श्रम स्वीकृति नक्कली भएकाे भेटिएकाे अध्यागमनका अधिकारीले बताएका छन् । उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएकाे हाे ।

    यसैगरी गत साता नेपालका राजकुमार तामाङ (३०), रुपल खड्का (१९), अरुण खड्का (२०), करण बोहरा (१९), सुजन बोहरा (२०) र दिपेश लामिछाने (२८) लाई पक्राउ गरिएकाे अधिकारीले जानकारी दिएका छन् । नेपाली दूतावासको नक्कली एनओसी भेटिएपछि उनीहरू गत डिसेम्बर २० मा मुम्बई विमानस्थलबाट पक्राउ परेका थिए ।

    पक्राउ परेका ८ जनाविरूद्ध भारतीय दण्ड संहिताअन्तर्गत ठगी र जालसाजीअन्तर्गत मुद्दा चलाइएकाे छ ।


    तेस्रो आँखा