• ट्रेण्डिङ्ग :
कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा बन्द

कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा बन्द


  • 3.1K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.7K Views

    कर्मचारीको हड्तालपछि आइफिल टावरको सेवा बन्द

    पेरिस । फ्रान्सस्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हड्तालमा उत्रिएपछि बुधबारदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ ।

    images

    टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेको छ ।

    टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १००औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापनसम्बन्धी कमजोरी देखाउँदै यसमा कार्यरत कर्मचारीले हडताल गरेका फ्रान्सको श्रमिक महासंघ (सीजीटी)ले एक विज्ञप्तिमा जनाएको छ ।

    महासंघले टावरको अपरेटर सेटे ‘विपत्तितर्फ उन्मुख’ भएको बताइएको छ । सेटेले आगन्तुकहरूसँग माफी माग्दै बुधबारका लागि इलेक्ट्रोनिक टिकट भएका सबै आगन्तुक पर्यटकलाई ‘उनीहरूको इमेल जाँच गर्न’ भन्दै सेवा अवद्धताबारे जानकारी गराएको छ ।

    पेरिसको सबैभन्दा प्रसिद्धस्थल आइफिल टावरले हरेक वर्ष करिब ७० लाख आगन्तुकहरूलाई आकर्षित गर्दछ, जसमध्ये करिब तीन चौथाइ विदेशी पर्यटक रहने गर्छन् । आइफिलको २७ डिसेम्बर १९२३ मा ९१ वर्षको उमेरमा निधन भएको थियो। रासस/एएफपी

     


    तेस्रो आँखा