• ट्रेण्डिङ्ग :
सगरमाथा स्कूलमा जेष्ठ नागरिकसँग विद्यार्थी

सगरमाथा स्कूलमा जेष्ठ नागरिकसँग विद्यार्थी


  • 8.8K
    SHARES
    • पौष ११, २०८० बुधबार
    • २ बर्षs अघि
    • 13.5K Views

    सगरमाथा स्कूलमा जेष्ठ नागरिकसँग विद्यार्थी

    तुलसीपुर, ११ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवास्थित सगरमाथा स्कूलले तेस्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । ‘जेष्ठ नागरिकको सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने नारासहित दिवस मनाइएको हो । 

    images

    विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता तथा जेष्ठ नागरिक तुलसीपुर नगर अध्यक्ष पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता तथा तुलसीपुर ९ का जेष्ठ नागरिक अध्यक्ष पिमलाल डाँगी र सचिव शालिकराम न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

    कार्यक्रमका प्रमुख अतिथि खड्काले यस्तो खालको कार्यक्रम विद्यालयमा राख्दा विद्यार्थीहरुले जेष्ठ नागरिकहरुलाई कसरी सम्मान गर्ने भन्ने विषयमा प्रेरित गर्ने र जेष्ठ नागरिकहरुको अनुभव सुनेर जीवनलाई सार्थक बनाउन सहयोगी हुने बताए । विशिष्ट अतिथि डाँगी र न्यौपानेले विद्यार्थीहरुको बीचमा यस्तो कार्यक्रम गर्दा उनीहरु संस्कारी हुने, जेष्ठ नागरिकप्रतिको आफ्नो दायित्व पूरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । 

    विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुलाई संस्कारी, अनुशासित र सभ्य नागरिक बनाउन यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । सो अवसरमा जेष्ठ नागरिकलाई समान पनि गरिएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैंयाले जानकारी दिए ।

    Jesth Nagarik2.jpg