• ट्रेण्डिङ्ग :
शंकास्पद अवस्थामा बृद्धको शव फेला 

शंकास्पद अवस्थामा बृद्धको शव फेला 


  • 3.3K
    SHARES
    • पौष १२, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.1K Views

    शंकास्पद अवस्थामा बृद्धको शव फेला 

    सर्लाही १२ पुस/ सर्लाहीको हरिपुर्वामा एक वृद्धको आफ्नै गोठमा शव फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेको अवस्थामा हरिपुर्वा नगरपालिका–३ पूर्वी धनकौलका ७५ वर्षीय राजनारायण रायको शव आफ्नै गोठमा फेला परेको प्रहरीले जनाएको छ ।

    images

    बुधबार दिउँसो ३ बजे राय गोठमा मृत अवस्थामा फेला परेको खबर आएको प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए । उनका अनुसार घटना शंकास्पद देखिएकाले तालिम प्राप्त कुकुर मगाएर मात्र शव उठाइने तयारी भइरहेको छ । घटना शंकास्पद देखियो, त्यसकारण शवलाई नउठाइकन गणबाट तालिम प्राप्त कुकुर मगाएका छौं, यसले अनुसन्धानमाा सहज हुन्छ,’ उनले भने, आज मात्र शव उठाउने तयारी भइरहेको छ ।’

    मृतक रायको दुई छोरा छन् । घरबाट उनको गोठ करिव एक किलोमिटर टाढा छ । गोठ गाउँको एकान्तमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

     


    तेस्रो आँखा