ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ

ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ


  • 3.8K
    SHARES
    • पौष १३, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 5.9K Views

    ढुङ्गा उत्खनन गर्ने ट्याक्टरसहित ४ जना पक्राउ

    बारा । बन सुरक्षाकर्मीसहित प्रहरीको टोलीले निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलबाट अवैध उत्खननको ढुङ्गासहित ४ जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा निजगढ वडा नम्बर १ का वर्ष २० का समिर धामी, वर्ष १७ का सनी धामी, वर्ष २७ का शेष चौधरी र वर्ष १७ का सिद्धान्त धामी रहेका छन ।  

    सव डिभिजन वन कार्यालय निजगढका प्रमुख रघुनाथ दासका अनुसार चुरे क्षेत्रमा पर्ने धन्सार खोलाबाट अवैध उत्खनन गरेर प्र २- ०३-००१ त ९२२ नम्बरको ट्याक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई ट्याक्टरसहित पक्राउ गरिएको हो ।

    पक्राउ परेका सबैलाई थप कारबाहीको लागि डिभिजन वन कार्यालय सिमरा पठाइएको कार्यालय प्रमुख दासले जानकारी दिए । 

    सिगौंल क्षेत्रमा अवैध उत्खनन बढेको गुनासो बढेपछि नियन्त्रणमा सव डिभिजन वन कार्यालय निजगढ, सशस्त्र प्रहरीको वल विपद व्यवस्थापन वेस निजगढ र इलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको संयुक्त परिचालन गरिएको थियो ।


    तेस्रो आँखा