• ट्रेण्डिङ्ग :
दाङमा हत्या गरि लुकाएको अवस्थामा पुरुषको शव फेला

दाङमा हत्या गरि लुकाएको अवस्थामा पुरुषको शव फेला


  • 4.8K
    SHARES
    • पौष १४, २०८० शनिबार
    • २ बर्षs अघि
    • 7.4K Views

    दाङमा हत्या गरि लुकाएको अवस्थामा पुरुषको शव फेला

    दाङ १४ पुस/ दाङमा हत्या गरि लुकाईएको अवस्थामा पुरुषको शव फेला परेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको स्थानीय अगुवा विक्रम डाँगीले जानकारी दिनुभयो । मृतक केसी घोराही स्थित अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुन् । मृतक शिवराज केसी यहि पुष ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिडेको र सोहि दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

    images

    यसैविच हत्या आरोपमा दुईजनालाई नियन्त्रणमा लिईएको छ । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेर बहादुर कवर र उनकि श्रीमती दिपा कवरलाइ भारतको नयाँ दिल्ली बाट नियन्त्रणमा लिईएको छ । उनिहरुलाई भारतिय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको बताइएको छ । मृतक केसीलाई हत्या गरि कोइला खानीको करिव ५० मिटर  सुरुङ भित्र  लुकाएको भन्ने हत्या आरोपितको बयानको आधार खोजतलास गर्दा सोहि स्थानमा शव फेला पारिएको हो । 

    मृतक केसीको शवलाई जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोली, स्थानियबासी र जनप्रतिनिधिको टोलिले मुचुल्का तयार पारी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमाटमको लागि ल्याईएको थियो । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


    तेस्रो आँखा