• ट्रेण्डिङ्ग :
लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित 

लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित 


  • 2.8K
    SHARES
    • पौष १५, २०८० आइतबार
    • २ बर्षs अघि
    • 4.3K Views

    लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित 

    बुटवल १५ पुस/ लुम्बिनी प्रदेशसभा अन्तर्गतका विषयगत समितिको चुनाव स्थगित भएको छ । नेतृत्व चयनका लागि आगामी मंगलबार निर्वाचन हुने भनिए पनि प्रदेशसभाले आइतबार सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

    images

    सभामुख तुलाराम घर्तीको अध्यक्षतामा अघिल्लो सोमबार दाङको देउखुरीमा बसेको कार्यव्यवस्था परामर्श समितिको ८ औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र १७ गते निर्वाचनको मिति तोकेको थियो । तर प्रदेशसभाले जारी गरेको सूचनामा सभामुखको निर्देशन अनुसार निर्वाचन स्थगित गरिएको उल्लेख छ । प्रदेशसभामा रहेका दलहरुभित्र समितिको नेतृत्वमा एकभन्दा धेरै जनाको दाबी र अडान हुँदा दलका नेताहरुको आग्रहमा निर्वाचन स्थगित गरिएको स्रोतले बतायो ।

    लुम्बिनी प्रदेश सभाले गत असार ३० गते ६ वटा विषयगत समितिका सदस्यहरू चयन गरेको थियो । तर समितिका सभापति चयन नहुँदा समिति कामविहीन बनेका छन् । अहिलेसम्म ६ वटा विषयगत समितिमध्ये तीनवटा समितिको मात्र बैठक बसेको छ ।

     


    तेस्रो आँखा