• ट्रेण्डिङ्ग :
डुम्रेबाट हराएका विदेशी नागरिक ४ दिनपछि जंगलमा भेटिए

डुम्रेबाट हराएका विदेशी नागरिक ४ दिनपछि जंगलमा भेटिए


  • 3.1K
    SHARES
    • पौष १६, २०८० सोमबार
    • २ बर्षs अघि
    • 4.7K Views

    डुम्रेबाट हराएका विदेशी नागरिक ४ दिनपछि जंगलमा भेटिए

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् । क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् ।

    images

    निजलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा नजिक भेटाएर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

    उनले भने, “प्रहरीले निज जान सक्ने सम्भावित ठाउँहरूको खोजी गर्दै जाँदा घाँसीकुवाको माथिपट्टि रहेको जंगलमा भेटाएको हो । उहाँलाई आजै काठमाडौं पठाएका छौँ ।”

    पोखराबाट काठमाडौं जाने क्रममा ती पर्यटक डुम्रे बजारमा झरेको र त्यसपछि सम्पर्कविहीन भएका थिए । निजको सामान भने सोही दिन काठमाडौं पुगेको थियो । रासस


    तेस्रो आँखा