• ट्रेण्डिङ्ग :
दक्षिण कोरियाका विपक्षी नेता लीमाथि चक्कु प्रहार

दक्षिण कोरियाका विपक्षी नेता लीमाथि चक्कु प्रहार


  • 2.2K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 3.3K Views

    दक्षिण कोरियाका विपक्षी नेता लीमाथि चक्कु प्रहार

    सियोल । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि चक्कु प्रहार भएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई मङ्गलबार दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणका क्रममा घाँटीमा चक्कु प्रहार भएको थियो ।

    images

    जे–म्युङ बुसानको प्रस्तावित विमानस्थलको भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा एक व्यक्तिले उनको घाँटीको देब्रे भागमा हतियार प्रहार गरेका थिए ।

    योनहापका अनुसार आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । दक्षिण कोरियाली मिडियाले शेयर गरेको तस्वीरका अनुसार ली जे म्युङ घाइते अवस्थामा भुइँमा लडिरहेको देखिन्छ । उनको वरिपरि भीड थियो, रक्तस्राव रोक्न उनको घाँटीमा रुमाल राखिएको थियो।

    दक्षिण कोरियामा यसै वर्षको अप्रिलमा आम निर्वाचन हुँदैछ । २०२२ को निर्वाचनमा जनशक्ति पार्टी विजयी भएको थियो । त्यसपछि ली जे म्युङ पनि राष्ट्रपतिको दौडमा थिए। यसै वर्ष हुन लागेको निर्वाचनमा पनि उनलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा हेरिएको छ ।


    तेस्रो आँखा