• ट्रेण्डिङ्ग :
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार ८२२ पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार ८२२ पुग्यो


  • 2.7K
    SHARES
    • पौष १७, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.1K Views

    गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २१ हजार ८२२ पुग्यो

    काठमाडौं । गाजापट्टीमा इजरायली हमलाका कारण मृत्यु हुने प्यालेस्टाइनीको संख्या बढेर २१ हजार ८२२ पुगेको छ । साथै, ५६ हजार ४५१ जना घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५० जनाको ज्यान लिनुका साथै २८६ जना घाइते भएका बताए ।

    यसैबीच, पूर्वएन्डोमेन्ट्स र धार्मिक मामिलामन्त्री र अल–अक्सा मस्जिदका प्रचारक युसेफ सलामा मध्यगाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा रहेको उनको घरमा इजरायली हवाई हमलामा मारिएको बताइएको छ । 


    तेस्रो आँखा