• ट्रेण्डिङ्ग :
पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन 

पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन 


  • 3.1K
    SHARES
    • पौष १८, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.8K Views

    पाकिस्तानका पूर्वअर्थमन्त्री अजीजको निधन 

    एजेन्सी १८ पुस/ पाकिस्तानका पूर्वअर्थमन्त्री सरताज अजीजको ९५ वर्षको उमेरमा निधन भएको छ । पीएमएल–एनले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै सरताज अजिजको मंगलबार निधन भएको पुष्टि गरेको हो ।

    images

    पूर्वप्रधानमन्त्री शाहिद शकन अब्बासीले पाकिस्तानमा अजिजको उल्लेख्य योगदान रहेको बताएका छन् । सरकारी रेडियो पाकिस्तानका अनुसार अजीज आर्थिक नीतिहरू बनाउन र पाकिस्तानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका मध्य एक नेता हुन् । 

    पीएमएल–एनका महासचिव अहसान इकबालले अजिज राष्ट्रका लागि महत्वपूर्ण सम्पत्ति भएको बताएका छन् । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडले पूर्वअर्थमन्त्रीको कामको प्रशंसा गर्दै उनलाई राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।

     


    तेस्रो आँखा