एजेन्सी १८ पुस/ अमेरिकामा भारतीय मूलका दम्पती एक छोरीसहित अमेरिकाकास्थित आफ्नै निवासमा मृत फेला परेका छन् । उनीहरू मंगलवार आफू बसैकै भर्जिनियास्थित कोलोनी म्यासाचुसेट्स मानरियनमा मृत अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।मृत भेटिएकामा ५८ वर्षीय राकेश कमल, उनकी ५४ वर्षकी श्रीमती टीना र १८ वर्षीया छोरी एरियना छन् ।
उनीहरूको घरेलु हिंसाका कारण ज्यान गइरहेको कतिपयको अनुमान गरिएको इन्डियन एक्सप्रेसमा उल्लेख छ । यद्यपि, कतिपयले भने धन–सम्पत्ति लुट्नका लाििग घटना भएको हुनसक्ने अनुमान छ । घटनाको अनुसन्धान भने जारी छ । घटना अलि रहश्यमय रहेको जनाइएको छ । रिक उपनामले चर्चित राकेश एउटा इडुनोभा नामक एजुकेसन सिस्टम्स् कम्पनीका मालिक हुन् । छोरी एरियना भने एउटा कलेजमा अध्ययनरत विद्यार्थी हुन् ।
