• ट्रेण्डिङ्ग :
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते


  • 4.0K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.2K Views

    तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

    दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। 

    images

    वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको हो।  

    घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। १७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनको भनाइ छ।


    तेस्रो आँखा