• ट्रेण्डिङ्ग :
गुरुकुल एकेडेमीको उच्च गुणस्तर र सुरक्षित संरचना निर्माण हुँदै

गुरुकुल एकेडेमीको उच्च गुणस्तर र सुरक्षित संरचना निर्माण हुँदै


  • 4.1K
    SHARES
    • पौष १९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 6.4K Views

    गुरुकुल एकेडेमीको उच्च गुणस्तर र सुरक्षित संरचना निर्माण हुँदै

    घोराही १९ पुस / शैक्षिक शत्र २०८१ बाट पुर्ण रुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसीपुर र लमहीले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तिब्र रुपमा अगाडि बढाएको छ । तिब्र निर्माणसंगै बालबालिकाहरुको सुरक्षा सतप्रतिशतको लागि विद्यालयले निकै मजबुत तथा सुरक्षित संरचनाहरुको निर्माण गरेको छ । इन्जिनियरहरुको उच्च डिजाइन तथा निगरानी गर्दै मापदन्डमा रहेर निर्माण कार्य गररिको छ । यस्तै बालबालिकाहरुको स्वास्थ्यमा पनि निकै संवेदनशिल भएको हुदा सिमित तापक्रम राखिराख्ने गरी विल्डिङका भवनहरुमा वाल लगाउने काम भईरहेको छ ।

    images

    विद्यालयले उच्च गुणस्तरको क्याभिटि वाल लगाएको छ । जसले गर्दा विद्यार्थीहरुका लागि गर्मिमा बाहिरको मौसम भन्दा ५ डिग्रि कम तापक्रम राख्ने काम गर्छ भने जाडो याममा ५ डिग्री तापक्रम बढाउने इन्जिनियर सन्तोष भट्राईले जानकारी दिए । यसले विद्यालर्थीहरुलाई गर्मी र जाडो दुबै मौसमको तापक्रमबाट जोगाउने स्पास्थ्यमा प्रतिकुल असर नपर्ने गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए ।

    गुरुकुल एकेडेमीले विद्यार्थीहरुको भविष्यको ख्याल राख्दै पढाईमात्र नभई विद्यार्थिहरुको नैशर्गिक अधिकार र सर्वागिंन विकासको लागि विभिन्न अतिरीक्ति क्रियाकलाप गर्दै आएको छ । दाङ जिल्लाको एकमात्र सुबिधा सम्पन्न विद्यालय गुरुकुल एकेडेमी घोराही , तुलसीपुर र लमहीमा यहि आउँदो सरस्वती पुजाको दिनदेखि अक्षरारम्भसहित मन्टेस्वरीमा भर्ना संचालन हुँदै छ भने कक्षा ९ सम्म शैक्षिक सत्र २०८१ बैशाख बाट पुर्ण रुपमा भर्ना संचालन हुने छन ।


    तेस्रो आँखा