इरान । गत जनवरी ३ तारिखका दिन इरानमा भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । विस्फोटमा १०३ जनाको ज्यान गएको थियो । पूर्व जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा शृङ्खलाबद्ध विस्फोटन भएका थिए । इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको छ ।
इरानको केरमानमा कमाण्डर कासिम सुलेमानीको सम्झनामा एक समारोहको आयोजना गरिएको थियो । यसै क्रममा एकपछि अर्को दुईवटा बम विस्फोट भएका थिए । कासिम सुलेमानी सन् २०२० मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार इस्लामिक स्टेटले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्ति पोस्ट गरी आक्रमणको जिम्मेवारी लिएको छ। बम विष्फोटमा परी कम्तीमा १७० जना घाइते भएका छन् ।
इरानमा विष्फोटहरू केरमान शहरको साहेब अल-जमान मस्जिद नजिक भएको थियो, जहाँ सुलेमानीको चिहान अवस्थित छ र गत जनवरी ३ तारिखका दिन उनको मृत्युको चौथो वार्षिकोत्सवमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए। पहिलो विस्फोट इरानको करमान सहरमा पूर्व इरानी सेना जनरल सुलेमानीको चिहान नजिक भएको थियो । त्यसपछि दोस्रो विस्फोट भएको थियो । इरानको समाचार एजेन्सीका अनुसार बमले भरिएका दुईवटा झोलाबाट विस्फोट भएको थियो। जसलाई रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको थियो ।
