• ट्रेण्डिङ्ग :
बंगलादेशमा आज आम निर्वाचन

बंगलादेशमा आज आम निर्वाचन


  • 3.4K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 5.2K Views

    बंगलादेशमा आज आम निर्वाचन

    एजेन्सी २२ पुस/ बङ्लादेशमा आज मतदान हुँदैछ । बिहान ८ बजेदेखि शुरु हुने मतदान दिउँसो ४ बजेसम्म चल्नेछ । आमचुनावमा २७ पार्टी र ४ सय ३६ स्वतन्त्र गरी एक हजार ५ सयभन्दा धेरै उम्मेदवार तीन सय संसदीय सिटका लागि प्रतिस्पर्धामा छन् । ४२ हजारभन्दा धेरै मतदान केन्द्रको व्यवस्थापन गरिएको छ ।

    images

    सेना, प्रहरी, नौसेना र वायुसेनाका अधिकारी सुरक्षाका लागि खटिएका छन् । प्रतिस्पर्धी २७ दलमध्ये जतिया पार्टी ९जेएपीए० ले मात्र विपक्षी दलको प्रतिनिधित्व गर्नेछ । अरु सत्तारुढ अवामी लिग नेतृत्वको गठबन्धनका सहयात्री हुन् । प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी ९बीएनपी० ले चुनाव बहिष्कार गरेको छ । उसको बहिष्कारका कारण प्रधानमन्त्री शेख हसिनाले लगातार चौथो कार्यकाल जित्ने पक्का जस्तै छ ।

    बीएनपीले भोलि बिहानसम्म हड्ताल आह्वान गरेको छ । गएको अक्टोबर अन्तिममा प्रमुख विपक्षी पार्टीले ढाकामा प्रधानमन्त्री हसिनासँग आमचुनावका लागि स्वतन्त्र र निष्पक्ष मतदाता सुनिश्चित गर्न तटस्थ अन्तरिम सरकार बनाउन माग गरेको थियो । तर माग पूरा नभएको र आफ्ना वरिष्ठ नेताहरुका साथै हजारौँ मानिस पक्राउ परेपछि चुनाव बहिष्कार गरेको विपक्षी दल बीएनपीले जनाएको छ ।


    तेस्रो आँखा