राष्ट्रिय सभा निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गर्न मन्त्री परिषद् बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गर्न मन्त्री परिषद् बैठक बस्दै


  • 14.4K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 22.1K Views

    राष्ट्रिय सभा निर्वाचन र प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गर्न मन्त्री परिषद् बैठक बस्दै

    काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगायतका विषयमा छलफल गर्न मन्त्री परिषद बैठक बस्ने भएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार बैठक दिउसो १ बजे बस्ने भएको हो। 

    images

    प्रधानमन्त्री देउवा यही पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन भारत जान लागेका हुन्। प्रधानमन्त्री देउवा यही २५ गते भारत भ्रमणका लागि जाने कार्यक्रम रहेको छ। 

    भारत भ्रमणको क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 
     
    मन्त्री परिषद्  बैठकमा विभिन्न मन्त्रालयका एजेण्डाका साथै आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा
  • # मन्त्रिपरिषद्

  • तेस्रो आँखा