• ट्रेण्डिङ्ग :
सैनिक कारबाहीमा ७६ अल–शबाब लडाकुको मृत्यु

सैनिक कारबाहीमा ७६ अल–शबाब लडाकुको मृत्यु


  • 3.9K
    SHARES
    • पौष २२, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.0K Views

    सैनिक कारबाहीमा ७६ अल–शबाब लडाकुको मृत्यु

    मोगादिसु । मध्य सोमालियामा ७६ जना अल-शबाब लडाकु मारिएका छन् । अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली राष्ट्रिय सेनाले मध्य सोमालियाको मुदुग क्षेत्रमा दुई दिनको अपरेशन पछि ७६ जना अल–शबाब लडाकूहरूलाई मारेको छ भने थुप्रै घाइते बनाएको छ ।

    images

    एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल-कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएका अल(शबाबका वरिष्ठ कमाण्डरहरू पनि रहेको बताएका छन्।

    सैन्य आक्रमणले अल–शबाब अड्डाहरू र सवारी साधनहरू ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुहरूलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ।

    सरकारविरुद्ध लडिरहेको अल-शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ।

    चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण भने जारी राखेको छ ।


    तेस्रो आँखा