• ट्रेण्डिङ्ग :
गत मंसिर ६ गते चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान खुल्यो 

गत मंसिर ६ गते चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान खुल्यो 


  • 3.7K
    SHARES
    • पौष २३, २०८० सोमबार
    • २ बर्षs अघि
    • 5.7K Views

    गत मंसिर ६ गते चितवनमा बोराभित्र भेटिएका दुबै शवको पहिचान खुल्यो 

    चितवन २३ पुस/ चितवनको भरतपुर महानगरपालिका-१२ मिलन चोकस्थित पूर्व-पश्चिम राजमार्गको कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका दुई मृतकको पहिचान खुलेको छ। घटनाको ४६ दिनपछि शवको पहिचान भएको हो।

    images

    उनीहरु भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका दम्पती रहेको खुलेको छ। उनीहरुको हत्या भएको र हत्यारा पनि भारतीय नै रहेको प्रहरीले बताएको छ।

    बोराभित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो। घटनापछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो। प्रहरीले शव पहिचानका लागि दुई पटक स्केच सार्वजनिक गरेको थियो।


    तेस्रो आँखा