काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु किन उत्रीय आन्दोलनमा ?

काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु किन उत्रीय आन्दोलनमा ?


  • 8.9K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु किन उत्रीय आन्दोलनमा ?


    काठमाडौं, २१ पुस । काठमाडौं मडिकल कलेज (केएमसी) ले तोकिएको भन्दा बढि शुल्क लिएको भन्दै उक्त कलेजका विद्यार्थिहरु ३२ दिन देखि आन्दोलनरत छन् । कलेजले बढि शुल्क लिएको, अनिवार्य होस्टेल बस्नुुपर्ने भन्ने प्राबधान राखेको लगायत शिर्षकको नाममा  पैसा असुल गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । कलेजले उक्त क्रियाकलाप अन्त्य गर्नुुपर्ने विद्यार्थीहरुको माग छ । 

    images

    एमइसिले तोकेको भन्दा बढि शुल्क लिएको विद्यार्थीहरुले आरोप लगाएका छन् ।  बुधबार ‘केएमसीको लुट विरुद्ध ह्वाइट र्याली तथा विरोध सभा’ भन्ने ब्यानरका साथमा माइतिघर मण्डलामा प्रदर्शन गरेका थिए । उनीहरुको विरोध र्याली माइतिघर देखि  नयाँ बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो । 

    प्रदर्शनरत विद्यार्थीहरुले कलेजले भविष्यमा आयोगले तोकेको भन्दा बाहेक अन्य शुल्क लिन नपाइने, होस्टेल, मेस अनिवार्य गर्ने र त्यसमा पनि  भ्याट लगाउने जस्ता कुरा गर्न नपाइने, अध्यन अवधिभर विद्यार्थीले गर्नुपर्ने उपचार र स्वास्थ्य जाँच जस्ता कुरामा ९० प्रतिशत छुट गर्नपर्ने, कलेजले आयोगका निर्णयहरु अविलम्ब मान्नुपर्ने जस्ता विविध मागहरु राखेका छन् । यी मागहरु पुरा नभए आन्दोलन जारी रहने विद्यार्थीहरुले बताएका छन् । 

    के भन्छन विद्यार्थीहरु ?

    एमबिबिएस प्रथम बर्षका विद्यार्थी प्रभा बुढाथोकी भिन्छिन, “कलेजले एमइसीले तोकेको भन्दा बढी शुल्क लिएको छ, उक्त रकम फिर्ता गरी अव रकम असुल्ने कार्य बन्द गरियोस ।”  बुढाथोकीले सरकारबाटै चाडो भन्दा चाडो पढ्न जाने वातावरण निर्माण गर्नुपर्ने माग समेत गरेका छन् ।

    आफुहरुलाई आन्दोलनकारीका रुपमा सडकमा उत्रन रहर नभइ बाध्यता भएको विद्यार्थीहरुको गुनासो छ । मेडिकल माफियालाई तत्काल कारबाही गर्नुपर्ने विद्यार्थीहरुको माग रहेको बुढाथोकीले बताइन । “हामीलाई विभिन्न शिर्षकको नाममा कलेजले अतिरिक्त २० लाख बढी शुल्क लिएको एमबिबिएस प्रथम वर्षका विद्यार्थी श्रद्धा अधिकारी बताउछिन । उनि भन्छिन “होस्टेल अनिवार्य गर्नु नै हास्यास्पद विषय हो, हामी पैसा धेरै भएर आको होइन ।” तसर्थ अतिरिक्त शुल्क मान्य छैन, यो कार्यको अन्त्य हुनुपर्छ ।”

    को को सहभागि भए आन्दोलनमा ?

    विद्यार्थीहरुको आन्दोलनलाई साथ दिन केएमसी कलेजका विद्यार्थीहरुका साथमा चिकित्सा शिक्षा अन्तर्गत अन्य कलेजका विद्यार्थीहको समेत सहभागिता थियो । विरोध कार्यक्रममा चिकित्सा शिक्षासँग सम्बन्धित विभिन्न राजनैतिक दलमा आस्थावान विद्यार्थी संगठनको पनि उपस्थिति रहेको थियो । सहभागि विद्यार्थी संगठनका नेताहरुले केएमसी कलेजका विद्यार्थीहरुले उठाएको विषय जायज र आवश्यक भएकाले यो एजेण्डालाई साथ दिने बताएका छन् । 
     

     

  • सम्बन्धित विषय:

  • # काठमाणडाै मेडिकल कलेज

  • पदम भुजेल
    लेखकबाट थप