• ट्रेण्डिङ्ग :
बंगलादेशका क्रिकेट कप्तान सांसद निर्वाचित

बंगलादेशका क्रिकेट कप्तान सांसद निर्वाचित


  • 4.7K
    SHARES
    • पौष २४, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 7.2K Views

    बंगलादेशका क्रिकेट कप्तान सांसद निर्वाचित

    काठमाडौं । बंगलादेशका क्रिकेट कप्तान शाकिब अल हसन सांसद निर्वाचित भएका छन् । उनकै गृहनगर मगुरा–१ बाट उनी बंगलादेशको अवामी लिग दलबाट संसद सदस्यमा निर्वाचित भएका हुन् । 

    images

    उनले एक लाख ८५ हजार ३ सय ८८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत मात्र पाएका छन् । यसअघि बंगलादेशका पूर्व क्रिकेट कप्तान मशरेफे मुर्तजासमेत संसद निर्वाचित भएका थिए ।

    प्रतिपक्षीको वहिष्कार र विवादका हुँदाहुँदै भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी हुन् । हसिनाको पार्टीले २२३ सिटमा विजयी प्राप्त गरेको छ । बंगलादेशमा आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको हो । बंगलादेशी संसद्‍मा ३५० सांसद हुन्छन् । ५० सिट महिलाका लागि छुट्याइएको छ ।


    तेस्रो आँखा