माओवादीका एक दर्जन नेतासहित ३ सय १५ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश

 माओवादीका एक दर्जन नेतासहित ३ सय १५ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश


  • 6.7K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

     माओवादीका एक दर्जन नेतासहित ३ सय १५ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश

    इनरुवा,२१ पुस ।  नेकपा माओवादी केन्द्रका विभिन्न तहका एकदर्जन नेतासहित ३१५ जनाले सो पार्टी परिवर्तन गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

    images

    नेकपा माओवादी केन्द्रमा बुद्धीजीवी फाँटको केन्द्रीय तथा प्रदेश तहमा रहेका नेतासहितका जिल्ला तहका नेताहरुले बुधवार एक विज्ञप्ती मार्फत माओवादी केन्द्रले सामान्य विधी, निती र पद्धतीसमेत उल्घंन गर्दै विर्सजनतर्फ अग्रसर भएकाले सो पार्टी परित्याग गर्नु परेको जनाएका छन ।

    विज्ञप्तीमा सागंठनिक, सैद्धान्तीक र बैचारिक विचलनसहित दक्षिणपन्थी विसजनवादतर्फ नेकपा माओवादी केन्द्र गएको ठहर गरि समाजवादको दिशातर्फ उन्मुख भई अगाडी बढन नसकेकाले पार्टी परित्यागको अवश्थामा पुगेको उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रको बुद्धीजिवी फाँटका प्रदेश सचिव प्राध्यापक अर्जुन उप्रेती, प्रदेश सदस्य डा खगेन्द्र ओली, स्वास्थ्यकर्मी संघका जेपी उराँव, बुद्धी फाँटका चेवन कोइराला, विशाल ओलीलगायत ३१५ जनाले सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

    माओवादी परित्याग गरि नेकपा एसमा प्रवेश गर्नेहरुलाई नेकपा एसका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश एकका इन्चार्ज धनेन्द्र बस्नेत, लगायत नेताहरूले प्रदेश कार्यालयमा स्वागत गरेका छन् । नेकपा एसका केन्द्रिय सदस्य केशव विष्टले आज प्रवेश गर्नु भएका साथीहरुले ३१५ जनाको नामसहितको हस्ताक्षर बुझाएकाले प्रदेश वा जिल्ला तहमा केही हप्ता भित्र औपचारिक समारोहको आयोजना गरि विधिवत रुपमा पार्टीमा जिम्मेवारी दिने गरि कार्यक्रमको आयोजना गरिने बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप