काठमाणडाैं,२१ पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र बिमस्टेकका महासचिव टेन्जिङ लेकफेलबीच बीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ । आज राष्ट्रपति भवन महाराजगञ्जमा राष्ट्रपति भण्डारी र टेन्जिङ लेकफेलबीच भएको शिष्टाचार भेटमा उक्त छलफल भएको हो ।
छलफलमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाइ अघि बढ्न सदस्य राष्ट्रहरुबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको बताइएको छ । भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
