काठमाणडाैं,२१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमका विषयमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । देउवाले आज सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा सचिवहरूसँग छलफल गरेका हुन।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थितिरहेको थियो । प्रधानमन्त्री भएपछि देउवाले सचिवहरूसँग गरेको याे पहिलो छलफल हो । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका छन ।
