प्रधानमन्त्री देउवाको भारत भ्रमण आइतबारबाट

प्रधानमन्त्री देउवाको भारत भ्रमण आइतबारबाट


  • 6.2K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.6K Views

    प्रधानमन्त्री देउवाको भारत भ्रमण आइतबारबाट

     

    images

    काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको हो । पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । 

    मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए ।  

    भ्रमणका क्रममा नयाँदिल्लीमा देउवा र मोदीबीच द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यसअघि स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा देउवा र मोदीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएका थिए ।

     

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा

  • तेस्रो आँखा
    लेखकबाट थप