• ट्रेण्डिङ्ग :
राष्ट्रिय सभा उम्मेदवार भट्टविरुद्ध उजुरी, अपाङ्गता परिचय पत्र नक्कली भएको आरोप

राष्ट्रिय सभा उम्मेदवार भट्टविरुद्ध उजुरी, अपाङ्गता परिचय पत्र नक्कली भएको आरोप


  • 3.2K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.9K Views

    राष्ट्रिय सभा उम्मेदवार भट्टविरुद्ध उजुरी, अपाङ्गता परिचय पत्र नक्कली भएको आरोप

    धनगढी । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दिएका नारायणदत्त भट्टविरुद्ध उजुरी परेको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो । 

    images

    उनी विरुद्ध नेकपा एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन् । उनको अपाङ्गता परिचय पत्र नै अवैधानिक रहेकोले खारेजीको माग गर्दै जोशीले उजुरी दिएका हुन् ।

    भट्टले स्थानीय अपाङ्गता समन्वय समितिको निर्णय विना परिचय बनाएर उम्मेदवार बनेर ठगी गरेको जोशीको आरोप छ ।

     जोशीले भने, ‘स्थानीय अपाङ्गता समन्वय समितिले कसलाई परिचय दिने नदिने निर्णय गर्छ । तर उहाँले समितिको निर्णय विना मनोनयनकै दिन परिचय पत्र बनाएर मनोनयन गराउनु भयो । यो सरासर ठगी हो ।’

    त्यस्तै कांग्रेस उम्मेदवार भट्टले अपाङ्गता भएको प्रमाणित गृह मन्त्रालयले उहिले नै गरिसकेकोले त्यसको आधारमा यहाँबाट पनि परिचयपत्र बनाएको रातोपाटीलाई बताए । कुरै नबुझेर आफू विरुद्ध उजुरी दिएको उनको भनाइ छ । भट्ट कांग्रेस कैलाली जिल्ला सभापति पनि हुन् ।

    निर्वाचन अधिकृतको कार्यालयले पुस २६ गतेभित्र निर्णय गरिसक्नुपर्ने छ ।


    तेस्रो आँखा