• ट्रेण्डिङ्ग :
भारतमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु

भारतमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु


  • 5.7K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 8.7K Views

    भारतमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु

    एजेन्सी २५ पुस/ भारतको उत्तर प्रदेशमा पर्ने अमरोहा जिल्लाको एउटा गाउँमा कोठाभित्र निसासिएर पाँच बालबालिकाको मृत्यु भएको छ।

    images

    अमरोहा जिल्ला मजिस्ट्रेट राजेश त्यागीका अनुसार घटना जिल्लाको ढाका गाउँको हो। पहिले कोठामा जलेको कोइलामा खाना पकाइएको थियो। त्यसपछि एउटै कोठामा सात जना सुतेका थिए।

    जिल्ला मजिस्ट्रेट राजेश त्यागीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्राथमिक रूपमा कोठामा अक्सिजनको अभाव भएको देखिन्छ, जसका कारण निसास्सिएर पाँच बालबालिकाको मृत्यु भएको हो। जसमा दुई केटा र तीन केटी छन्। दुई जनालाई उपचारका लागि अस्पताल पठाइएको छ।’ 


    तेस्रो आँखा