बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी

बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी


  • 7.8K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी

    काठमाडौं, २१ पुस । सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएकाे पाइएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । 

    'केही मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिएको जनगुनासोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,' शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विगतमा यस मन्त्रालय र गृह मन्त्रालयले समेत निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । गैरकानुनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने बताइएकाे छ । 

     

  • सम्बन्धित विषय:

  • # शिक्षा मन्त्रालय

  • तेस्रो आँखा