सालकको खपेटा सहित २ जना पक्राउ

सालकको खपेटा सहित २ जना पक्राउ


  • 9.6K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.8K Views

    सालकको खपेटा सहित २ जना पक्राउ

    काठमाडौं, २१ पुस । काठमाडौं महानगरपालिका—३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटा (आखेटोपहार) सहित २ जनालाई कोटेश्वर क्षेत्रबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा भोजपुर राम प्रसाद राई गाउँपालिका—४ लाखुरे बस्ने ४० वर्षीय रुक्मण बहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका—८ टोखा बस्ने २७ वर्षीय भबिन्द्र बहादुर मगर रहेका छन् । 

    कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५ सय ग्राम तौल भएको उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्यूरोले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सालक
  • # २ जना पक्राउ

  • तेस्रो आँखा
    लेखकबाट थप