पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गर्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गर्ने पक्राउ


  • 6.4K
    SHARES
    • पौष २१, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गर्ने पक्राउ

    काठमाडौं, २१ पुस । पोर्चुगल पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका—३२ कोटेश्वरस्थित यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका सञ्चालक र व्यवस्थापक गरी २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक काठमाडौं मैतिदेवी बस्ने वाग्लुङ गल्कोट नगरपालिका-६ घर भएका २८ वर्षीय अमृत सोती मगर र व्यवस्थापक ललितपुर महानगरपालिका-२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका २४ वर्षीय समिर कार्की रहेका छन् । 

    वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनि प्रलोभनमा पारी विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # पोर्चुगल

  • तेस्रो आँखा
    लेखकबाट थप