• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले गरे शपथग्रहण

सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले गरे शपथग्रहण


  • 3.8K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.9K Views

    सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले गरे शपथग्रहण

    धनगढी २५ पुस/ सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन्। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराए।

    images

    चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना आजै निर्विरोध भएका थिए। निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमाले का वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा (एकीकृत समाजवादी)  का माया पन्त छन्।

    माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ।


    तेस्रो आँखा