• ट्रेण्डिङ्ग :
सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा 

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा 


  • 3.8K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.8K Views

    सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा 

    कञ्चनपुर २५ पुस/ सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।  प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो । 

    images

    बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । 

    बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ । पहाडी जिल्लाबाट तराई झरेका बाजुरेली, बझाङ्गीहरूले यहाँ पनि भुवा पर्व मनाउने गरेका छन् । सार्वजनिक स्थानमा भुवा नाच नाचेर यो पर्वमा रमाउने चलन रहेको छ । 

    भुवा पर्वको अवसर पारेर बाजुरेली सेवा समाज धनगढीले यहाँ पुस २६ देखि २८ गतेसम्म भुवाचाली खेल प्रतियोगिता पनि आयोजना गर्ने भएको छ ।  


    तेस्रो आँखा