काठमाडौँ । वैदेशिक शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको ‘सक्सेस एर्वोड स्टडी’ले आफ्नो १०औँ वार्षिकोत्सव मनाएको छ । सक्सेसले आफ्नो १० औँ वार्षिकोत्सव जापान एप्लिकेशन डेको रुपमा मनाएको हो ।
वैदेशिक अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय र गुणस्तरीय परामर्श दिँदै आएको सक्सेसले १०औँ वार्षिकोत्सवको दिन विभिन्न छुट तथा सुविधा पनि दिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक भवनाथ हुमागाईँले विभिन्न कठिनाई झेल्दै १०औँ वर्षसम्मको यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । ‘एक दशकमा सक्सेसले प्राप्त गरेको उचाइ र विद्यार्थी अभिभावकबाट प्राप्त गरेको माया अनि विश्वास नै सबै भन्दा ठूलो कमाई हो,’ उनले भने, ‘आगामी दिनमा पनि सबैबाट यस्तै साथ सहयोग र हौसला प्राप्त गर्ने विश्वास लिँदै अझै गुणस्तरीय परामर्श सेवाको लागि प्रतिबद्धता जनाउँदछु ।’
वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई निःशुल्क प्रवेश दिनुका साथै उनीहरुलाई भाषा अध्ययनमा मस्टर क्लासको पनि व्यवस्था गरेको सक्सेसले जनाएको छ । सक्सेसका अनुसार जापानीज भाषा कक्षामा १०० प्रतिशत स्कलरशिप व्यवस्था गरिएको छ । विद्यार्थीहरुको आकर्षणका लागि अध्ययन सामग्री र गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको हुमागाईले बताए ।
सक्सेसले जापान मात्र नभई अमेरिका, बेलायत, क्यानडा र अस्ट्रेलियालगायतका मुलुकमा जान चाहने विद्यार्थीलाईसमेत परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।
