• ट्रेण्डिङ्ग :
मुक्तिनाथ केबलकारले पेस गर्‍यो ईआईए र अद्यावधिक डीपीआर

मुक्तिनाथ केबलकारले पेस गर्‍यो ईआईए र अद्यावधिक डीपीआर


  • 3.4K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 5.2K Views

    मुक्तिनाथ केबलकारले पेस गर्‍यो ईआईए र अद्यावधिक डीपीआर

    काठमाडौं । मुक्तिनाथ दर्शन प्रालिले कास्कीदेखि मुक्तिनाथसम्मको केबलकार परियोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र अद्यावधिक गरिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) लगानी बोर्डलाई बुझाएको छ । 

    images

    बुधबार परियोजनाका अध्यक्ष अरूणकुमार सुवेदीले लगानी बोर्डका प्रतिनिधिलाई उक्त दस्तावेज हस्तान्तरण गरेका हुन् ।

    करिब ८१.०१४ किलोमिटरको केबलकार आयोजना निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

    केबलकार निर्माणका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनुमति पाएको थियो । तर, डीपीआर र ईआईएका लागि कानुनी समस्या भएकाले प्रक्रिया अगाडि बढ्न सकेको थिएन । 

    परियोजना निर्माणका लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको बताइएको छ ।


    तेस्रो आँखा