दाङ,कात्तिक ९ ।
नेकपा एमालेको १० औँ महाधिवेशन अन्र्गत मंगलबार देभैभर पालिका स्तरिय अधिवेशन हुँदैछन् । यसअघि एमालेले देशैभरका वडा अधिवेशनहरु सम्पन्न गरिसकेको छ । मंगलबार एमालेले एकैसाथ देशैभरका गाउँपालिका तथा नगर अधिवेशन गर्ने छ । तर प्राविधिक कठिनाई भएका केहि पालिकाहरुको अधिवेशन भने पछि गरिने एमालेले जनाएको छ । पालिका अधिवेशनको उद्घाटन दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा गर्नेछन् ।
