• ट्रेण्डिङ्ग :
अफगानिस्तानमा आठ सय महिला जेलमा

अफगानिस्तानमा आठ सय महिला जेलमा


  • 2.8K
    SHARES
    • पौष २६, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.3K Views

    अफगानिस्तानमा आठ सय महिला जेलमा

    काबुल । अफगानिस्तानमा तालिबानद्वारा महिलाहरूमाथि विभिन्न प्रकारका हिंसा तथा अत्याचार, आधारभूत अधिकारको दमनसहित कम्तीमा ८०० महिलाहरूलाई अफगानी कारागारमा राखेको टोलो न्यूजले जनाएको छ ।  

    images

    कारागार प्रशासन कार्यालयका उपप्रमुखका अनुसार अफगानिस्तानका कारागारहरूमा हाल ८०० महिलासहित करिब १९ हजार कैदीहरू छन् । फरक-फरक सजाय भोगिरहेका कैदीमध्ये धेरैमाथि अनुसन्धान भइरहेको छ । 

    अफगानिस्तानको केन्द्रीय कारागार प्रशासनका उपप्रमुख हबिबुल्लाह बदरले अफगानिस्तानमा अनधिकृत कारागारहरू नभएको राष्ट्रिय टिभी नेटवर्क आरटीएसँगको अन्तर्वार्तामा बताए । 

    उनले जेलमा कैदीहरूलाई ‘यातना’ दिइने आरोपको खण्डन गरेका छन् । टोलो न्यूजका अनुसार त्यहाँ कुनै यातना वा अन्य प्रकारका दुर्व्यवहार नभएको दावी गरे । 

    केही सैन्य र राजनीतिक विज्ञहरूले तालिबानलाई यस बीचमा बन्दीहरूलाई शैक्षिक निर्देशनहरू उपलब्ध गराउन सुरु गर्न आह्वान गरेका छन् ।

    राजनीतिक विश्लेषक जाहोरोल्लाह जाहिरले बन्दीहरूका लागि शिक्षा धेरै महत्वपूर्ण भएको बताउँदै उनीहरूलाई विभिन्न सीपहरू पनि उपलब्ध गराउनु पर्ने बताएको टोलो न्यूजले उल्लेख गरेको छ । 

    तालिबानले सन् २०२१ को अगस्टमा सत्ता कब्जा गरेपछि महिला अधिकारको हनन नगरिने प्रतिबद्धताको बाबजुद, उच्च शिक्षामा प्रतिबन्ध लगाउनु र समाजमा महिलाको भूमिका सीमित गर्न तालिवान प्रशासनले लिएको गैर-जिम्मेवारपूर्ण कदम हो । 

    अगस्ट २०२१ पछि तालिवान प्रशासनले छ कक्षाभन्दा माथिका छात्राहरूलाई विद्यालयमा जान प्रतिबन्ध लगाई महिलाहरूलाई पुरुष संरक्षकसँग मात्र यात्रा गर्नुपर्ने कडा नियम लगाएको छ ।

    तालिवानहरूले सौन्दर्य सैलूनहरू बन्द गरे र महिलाहरूलाई घरेलु र अन्तर्राष्ट्रिय गैर–सरकारी सहायता समूहहरूसँग काम गर्नबाट रोक लगाए । पछिल्लो समय यस विषयमा अन्तर्राष्ट्रिय समुदायको असन्तुष्टि उत्पन्न भएको छ ।


    तेस्रो आँखा